खानेकुरा राहत बितरणमा कागेश्वरी मनोहरा वडा नं ८. उदाहरणिय बन्दै
बैशाख १९, काठमाडौं
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ द्वारा बृहत् खानेकुरा राहत बितरण हुँदै आएको छ। बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना साथै लकडाउनको समयमा निम्न, असहाय, ज्यालामजदुरि साथै अति बिपन्न वर्गलाई लक्षितगरि सो कार्य सम्पन्न हुँदै आएको हो ।
बैशाख ८ देखि 'मदन आश्रित प्राबिधिक शिक्षालय' प्राङ्गणमा दैनिक बिहान ९:३० देखि ११:०० साथै साँझ ४:३० देखि ६:०० बजे सम्म गरिदै आएको राहत बितरण, दिनहुँ दुई हजार भन्दा बढीको संख्याले प्रत्यक्ष पाइरहेको युवा स्व्म्सेवक 'बाल मुकुन्द दाहाल' बताउँछन् । नगरका अन्य वडा को तुलनामा यस वडा मा बृहत संख्यामा राहत बितरण कार्य सम्पन्न हुँदै आएको नगर प्रमुख 'कृष्ण हरि थापा'ले जनाएका छन् ।
लकडाउनको असरमा घरमै बसेर बिहान साँझ के खाने भन्ने समस्यामा परेका वडा बासिन्दाको मर्म बुझी, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ को बिपत ब्यबस्थापन राहत कोषबाट यस अभियान सुचारु गरिएको वडा अध्यक्ष 'श्रीकृष्ण चापागाईं' ले जानकारी दिएका छन् । साथै, यस अभियानमा सहयोगी हात जुटाउने सम्पुर्ण सहयोगी दाता, राजनीतिज्ञ ब्याक्तित्व, संघ संस्था, समाजसेवी र स्वम्सेवक प्रती आभार प्रकट गरेका छन् ।
Comments
Post a Comment