नेपालमा खतरा बढदै, नेपालगन्जमा एकैदिन २४ संक्रमित भेटिए

काठमाडौं, बैशाख २१
नेपालगन्ज उपमहानगरपालिकामा एकै दिन २४ जनामा कोरोनाको संक्रमण पाइएको छ । ९० जनामा गरिएको स्वाब संकलन मध्ये २४ जनमा कोरोना संक्रमण positive  देखिएको हो । संक्रमण भेटिएका सबै एउटाै क्षेत्रका रहेका छन् ।

कोरोना संक्रमण पुस्टि गरिएकाहरु ७ वार्षिय बालकदेखि ६०  बर्ष सम्मका छन् । नेपालगन्ज उपमहानगरपालिका ८ महेन्द्र पार्क टोलका उनीहरु अजानको लागि जाने गरेको  खबर प्राप्त भएको छ ।

नेपालगन्ज ५ डिएसपी रोडका ६० वार्षिय एक ब्यक्तिमा शुक्रबार कोरोना संक्रमण भेटिएको थियो । सो ब्यक्ति दैनिक तिन चारपल्ट नमाज अजान गर्न महेन्द्र पार्क स्थित मस्जिद जाने गरेको र सोहि ब्यक्तिद्वारा अन्यमा संक्रमण फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

६० वार्षिय उक्तलाई कोरोना संक्रमण देखिएपछि ६ जना परिवार सदस्य र सम्पर्कमा आएका अन्य ९० जनाको स्वाब संकलनगरि भेरी अस्पताल पठाइएको थियो । हाल नेपालगन्ज डिएसपी रोड, धम्भोझी चोक साथै एकलैनी क्षेत्र स्थानीय प्रशासनद्वारा  सिल गरिएको छ ।
नेपालगन्ज र बिरगंजगरि एक्कैदिन २५ जना नयाँ कोरोना संन्क्रमित  भेटिएका हुन् । यससँगै नेपालमा संक्रमितको संख्या ८४ पुगेको छ ।

Comments

Popular posts from this blog

उपचारको अभावमा क्यान्सर पिडित बिष्णु

'बिबादास्पद बन्दै गोठाटार भैमाल खानेपानी, स्थानीय र सेवाग्राही आक्रोशित'

उपचारको अभावमा क्यान्सर पिडित बिष्णु