नेपालमा खतरा बढदै, नेपालगन्जमा एकैदिन २४ संक्रमित भेटिए
काठमाडौं, बैशाख २१ नेपालगन्ज उपमहानगरपालिकामा एकै दिन २४ जनामा कोरोनाको संक्रमण पाइएको छ । ९० जनामा गरिएको स्वाब संकलन मध्ये २४ जनमा कोरोना संक्रमण positive देखिएको हो । संक्रमण भेटिएका सबै एउटाै क्षेत्रका रहेका छन् । कोरोना संक्रमण पुस्टि गरिएकाहरु ७ वार्षिय बालकदेखि ६० बर्ष सम्मका छन् । नेपालगन्ज उपमहानगरपालिका ८ महेन्द्र पार्क टोलका उनीहरु अजानको लागि जाने गरेको खबर प्राप्त भएको छ । नेपालगन्ज ५ डिएसपी रोडका ६० वार्षिय एक ब्यक्तिमा शुक्रबार कोरोना संक्रमण भेटिएको थियो । सो ब्यक्ति दैनिक तिन चारपल्ट नमाज अजान गर्न महेन्द्र पार्क स्थित मस्जिद जाने गरेको र सोहि ब्यक्तिद्वारा अन्यमा संक्रमण फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रवक्ता नरेश श्रेष्ठले जानकारी दिएका छन् । ६० वार्षिय उक्तलाई कोरोना संक्रमण देखिएपछि ६ जना परिवार सदस्य र सम्पर्कमा आएका अन्य ९० जनाको स्वाब संकलनगरि भेरी अस्पताल पठाइएको थियो । हाल नेपालगन्ज डिएसपी रोड, धम्भोझी चोक साथै एकलैनी क्षेत्र स्थानीय प्रशासनद्वारा सिल गरिएको छ । नेपालगन्ज र बिरगंजगरि एक्कैदिन २५ जना नयाँ ...