Posts

Showing posts from June, 2020

'बिबादास्पद बन्दै गोठाटार भैमाल खानेपानी, स्थानीय र सेवाग्राही आक्रोशित'

Image
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका वडा न. ८ स्थित ´गोठाटार भैमाल खानेपानी समिति` दिनहुँजसो बिबादमा मुछिदै  आएको छ । समाजिक सेवाको निमित्त स्थापित यस समिति हाल आफ्ना सेवाग्राही साथै स्थानीयका अनगिन्ती आलोचना र आरोपको शिकार बन्दै आएको हो । बिगतमा समितिले सम्पन्न गरेको इटहरी अधिबेशन पस्च्यात  तीब्र असन्तुष्टिमा आर्थिक पारदर्शिताको बिशेष बुदा समात्दै साथै खानेपानीको गुणस्तरमा समेत लापरबाही र अनियमितता रहेको भन्दै स्थानीय बासिन्दा एवं अधिबक्ता श्री सुजित केसीद्वारा समिति विरुद्ध ´अख्तियार दुरुपयोग अनुसन्धान आयोग`मा मुद्दादर्ता गराइएको थियो । समितिले खानेपानी सेवा र गुणस्तरीयता बिशेष ध्यान नदिएको र आर्थिक मुनाफामा मात्रै केन्द्रित रहेर क्षमताभन्दा धेरै संख्यामा धारो बितरण गरेकाले आफुहरु खानेपानी सेवाबाट बारम्बार बन्चित हुनुपरेको सेवाग्राहीहरुको आरोप छ ।करिब एक साता अघि मात्रै  गोठाटार साबिक वडा न.१,२ र ९ का स्थानीयले ´समितिद्वारा विभिन्न कारणहरु देखाइ पटकपटक खानेपानी जस्तो अति सम्बेदंशील बिषयमा आफुहरुलाई पीडित बनाइएको` भन्दै समितिको परिसरमै बिरोध र खबरदारी स...