'बिबादास्पद बन्दै गोठाटार भैमाल खानेपानी, स्थानीय र सेवाग्राही आक्रोशित'

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका वडा न. ८ स्थित ´गोठाटार भैमाल खानेपानी समिति` दिनहुँजसो बिबादमा मुछिदै  आएको छ । समाजिक सेवाको निमित्त स्थापित यस समिति हाल आफ्ना सेवाग्राही साथै स्थानीयका अनगिन्ती आलोचना र आरोपको शिकार बन्दै आएको हो ।
बिगतमा समितिले सम्पन्न गरेको इटहरी अधिबेशन पस्च्यात  तीब्र असन्तुष्टिमा आर्थिक पारदर्शिताको बिशेष बुदा समात्दै साथै खानेपानीको गुणस्तरमा समेत लापरबाही र अनियमितता रहेको भन्दै स्थानीय बासिन्दा एवं अधिबक्ता श्री सुजित केसीद्वारा समिति विरुद्ध ´अख्तियार दुरुपयोग अनुसन्धान आयोग`मा मुद्दादर्ता गराइएको थियो ।

समितिले खानेपानी सेवा र गुणस्तरीयता बिशेष ध्यान नदिएको र आर्थिक मुनाफामा मात्रै केन्द्रित रहेर क्षमताभन्दा धेरै संख्यामा धारो बितरण गरेकाले आफुहरु खानेपानी सेवाबाट बारम्बार बन्चित हुनुपरेको सेवाग्राहीहरुको आरोप छ ।करिब एक साता अघि मात्रै  गोठाटार साबिक वडा न.१,२ र ९ का स्थानीयले ´समितिद्वारा विभिन्न कारणहरु देखाइ पटकपटक खानेपानी जस्तो अति सम्बेदंशील बिषयमा आफुहरुलाई पीडित बनाइएको` भन्दै समितिको परिसरमै बिरोध र खबरदारी समेत गरेका थिए ।
त्यस लगत्तै जेष्ठ २२ गते, खानेपानी समितिले बिकास तथा परियोजनाको नाममा पशुपति क्षेत्र बिकास कोषको सार्वजनिक जग्गाबाट अबैध रुपमा बालुवा उत्खनन कार्य गरेको भदै खोर्सानीबारीका स्थानीयले चलिरहेको डोजर समेत फिर्ता पठाएका थिए । सोहि स्थानीय समूहले, खुर्सानीबारी स्थित श्री निल बाराही मन्दिरको बिकास तथा निर्माणका लागी आफ्ना केहि मागहरू सम्बोधन हुनुपर्ने भन्दै समिति परिसरमै स्थानीय जनप्रतिनिधिको उपस्तिथिमा गरेको छलफल बिना निस्कर्ष  बिबादमा टुङिएको थियो। उक्त बिबादमा समितिका अध्यक्ष श्री मनोहर चापागाईं र स्थानीय केहि बीच झन्डै हातापाही सम्मको अवस्थामा पुगेको स्रोतले जनाएको छ ।

सेवा उन्मुख स्थापित यस्ता संस्थाहरुमा समाजिक मनमुटाव र बिबादहरु मौलाउदै जानु समाजका चुनौतीका कारक हुन् ।यि आरोप,आलोचना, गुनासो र बिबाद प्रति समयमै ध्यानाकर्षण नहुदा निकट भबिस्यमा समितिप्रतीको जनबिश्वास र आस्थामा समेत चोट पुग्ने अनुमान लगाउन सकिन्छ ।

Comments

Popular posts from this blog

उपचारको अभावमा क्यान्सर पिडित बिष्णु

उपचारको अभावमा क्यान्सर पिडित बिष्णु