उपचारको अभावमा क्यान्सर पिडित बिष्णु
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिका वडा न. ८
सिलवाल' को अवस्था थप पिडादायी बन्दै गएको छ।
करिब नौ महिना अघि मुखमा क्यान्सर देखिएपछि उपचारार्थ बिष्णुको प्रथम शल्यक्रिया पश्च्यात पुनः शरीरका अन्य भागमा क्यान्सर फैलिएको ´भक्तपुर क्यान्सर अस्पताल` रिपोर्टले जनाएको छ।
गरिबीको रेखामुनि बाच्दै दैनिकी सामान्य ज्यालादारी काम गर्दै हिड्ने बिष्णु आफ्नी ९ बर्सेनि छोरी साथै श्रीमतीका जिउने सहारा हुन् । तर, आज उनि(बिष्णु ) स्वयम् बेसहारा भइ आफ्नै ओछेनमा थलापरी जिबन र मरणको दोसाँधमा असाहय भइ बाचिरहेका छन् ।
हाल, अर्धचेत अवस्थामा रहेका पिडित बिष्णु सबैको सहयोगद्वारा उपचार पाएमा बाच्न पाउने झिनो आशा राख्दै निकै दयनीय जीवन बिताउन बाध्य छन् । श्रमबिना एकछाक टार्न पनि धौधौ पर्ने सिलवाल परिवारलाई लाखौं खर्चिएर क्यान्सर जस्तो खतरनाक रोगको उपचार गर्नु सपनामा मात्र संभव देखिन्छ। भगवान्को कृपाले बाच्न पाउछुुुुुुुुुुकि भन्दै आएका बिष्णुको जिउने आशा अब वास्तवमै भगवान्मै सिमित बनेको छ ।
पहिलो शल्यक्रियाको अवस्थामा समुदायका केही छिमेकी साथै अगुवाद्वारा सहयोग पाएका ऊनी हालको अवस्थामा भने पुर्ण रुपमा बेसहारा बनेका छन। पैसा अभावकै कारण क्यान्सर उपचारबाट बन्चित भएका बिष्णु`गरिब हुनु पनि पाप रहेछ` भन्दै बिचलित भएका छन् ।
उता `श्रीमान् क्यान्सरबाट ग्रसित भए देखिन हामी सबै मर्नु न बाच्नु अवस्थामा छौ। औषधि उपचार त परको कुरा बिरामीलाई आवस्यक खानेकुरा सम्म छैन` -भन्छिन् श्रीमती सन्जु। आफु लगायत आफ्नी ९ बर्सेनि छोरी कयौं रात भोक्कै पेट बिरामीको श्यहार सुशारमा लाग्नुपरेको ऊनी बताउछिन् । यस दु:खद घटनाले आफ्नो पतिको मात्र नभई नाबालिका छोरी सम्मको भबिस्य अन्योलमा परेकोले ऊनी बढी चिन्तित देखिन्छिन् ।
राजधानी काठमाडौं सेरोफेरो भित्र यस्ता घटना सुन्न वा देख्न पाउनु हामी सबैको दुर्भाग्य हो। ´बाच्न पाउनु सबैको नैसर्गिक अधिकार` भन्दै हिडेका संघ संस्था साथै ´उपचार अभावमा कुनै नागरिकले ज्यान गुमाउनुु नपर्ने` आश्वासन दिदै बसेको बर्तमान सरकारमाथि गरिब झुपडीको यस दु:खद खबरले ठुलो प्रश्न चिन्न खडा गरेको देखिन्छ ।
अन्ततः यस पिडित परिवारलाई आर्थिक सहयोग गर्न चाहना हुने सहयोगी दाताहरुले श्रीमती सन्जु सिलवालको नाममा (N.I.C Asia Bank खा.न- १६२८ ७५०७१ ५५३५ ००१ )मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

आप ही के जैसा आपका साथी मैं भी एक ब्लॉगर हूं मैंने आपके लिंक को अपने पेज़ पर बैंकलिंक दिया है।आप भी मेरे लिंक को अपने पेज़ पर बैंक लिंक दे
ReplyDeleteधन्यवाद
https://samajik-centre.blogspot.com/?m=1